Breaking

योहो टिभि एचडी सातौँ वर्षमा प्रवेश


काठमाडौँ – योहो टेलिभिजन एचडी छ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ ।
गणतन्त्र दिवसको अवसर पारेर नेपालको पाँचौँ एचडी टेलिभिजनको रूपमा योहो टेलिभिजनको प्रसारण आरम्भ भएको थियो । बार्षिक उत्सवको अवसरमा टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले पत्रकारिताको मुल्य र मान्यताभित्र रहेर टेलिभिजनहरूको भिडमा आफूलाई फरक ढंगले प्रस्तुत गर्ने बताउनुभएको छ ।

आम दर्शकको चाहना, आवश्यकता र सामाजिक उत्तरदायित्व बोध गर्दै सशक्त सञ्चारमाध्यमको रुपमा स्थापित हुन सफल भएको उहाँले बताउनुभएको छ । उहाँले दर्शक, विज्ञापनदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्नुभएको छ । राष्ट्र, राष्ट्रियता र जनहीतका सवालमा विश्वसनीय संवाहक बनेर सधैँ डटिरहने प्रण उहाँले गर्नुभएको छ ।