Breaking

वेष्ट इण्डिज ‘ए’ले नेपाललाई दियो १६१ रनको लक्ष्य


काठमाडौं । वेष्ट इण्डिज ‘ए’ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको वेष्ट इण्डिजले सात विकेट गुमाएर १६० रन बनाएको हो ।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान दुई दुई विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले नै एकएक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो ।