Breaking

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा


हङकङलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

आज भएको खेलमा हङकङलाई ८ विकेटले हराएसँगै नेपाल सेमिफानलमा पुगेको हो । हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो ।

नेपालका आसिफ शेखले ४०, कुशल भुर्तेलले ३२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नट आउट २५ र सन्दीप जोराले नट आउट १९ रन बनाए । हङकङका एहसान खान र यासिम मुर्तजाले समान १ विकेट लिए । जितसँगै नेपाल ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पर्सि खेल्नेछ । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।।