धर्मराज भट्ट, काठमाडाैं। नयाँ जनादेश, नयाँ जोश, जाँगर र नयाँ आशासँगै सुरु भएको २०८० साललाई फर्केर हेर्दा औषत रह्यो । नयाँ दल रास्वपाको अनपेक्षित फड्को, हाइप्रोफाइलहरुको जेलयात्रा, ठूला प्रकरणहरुको फाइल उत्खनन्देखि सुशासनको जग बसाल्ने प्रयास भए पनि कोर टिम र ठूला माछासम्म पुग्न नसक्दा जनतामा पलाएको आशा धेरै समय टिक्न सकेन ।
राजनीतिक रुपमा अस्थिरता कायम रहिरह्यो । २०८० प्रदेशका सरकार उथलपुथलमै बित्यो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तामा आफ्नो रेकर्ड बनाउन सकेपनि जनताको पक्षमा खासै रेकर्ड बनाउन सकेनन् । बरु विकल्प भनिएका दलका नेताहरु नै ठगी प्रकरणमा मुछिए । केही प्राकृतिक विपत्तिकोसमेत सामना गर्नुपर्यो । समग्रमा कस्तो रह्यो वर्ष २०८० ?
वैशाख :
वर्ष २०८० लाई उपनिवर्नचनले स्वागत गर्यो । वैशाख १० गते भएको उपनिर्वाचनमा रवि लामिछाने लोकप्रिय मतका साथ फेरि सांसद पदमा निर्वाचित भए । स्वर्णिम वाग्ले कांग्रेस छाडेर रास्वपामा लागेपछि तनहुँबाट सांसद उपहार पाए । हारेका उपेन्द्र यादवलेसमेत बाराबाट बाँजी मारे । यो वर्ष राष्ट्रिय स्वतन्त्र पार्टी लगायत वैकल्पिक शक्तिहरुको उदयले पुराना दलहरुमा त्रासदीको वातावरण मात्रै बनेन कि सुध्रिने कि सक्किने बहससमेत चल्यो । वैशाखमै नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत पक्राउ परे ।
जेठः
जेठ महिनामा सबैभन्दा बढी चर्चामा रेशम चौधरीले पाएको आममाफी रह्यो । टीकापुरमा ८ जनाको क्रुरतापूर्वक हत्या गरेका चौधरीलाई कांग्रेस-माओवादी सम्मिलित गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिए । यसविरुद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।
असारः


प्रतिक्रिया