Breaking

नेपालले जित्यो एसएमएस फ्रेन्डसिप कपको उपाधि


घरेलु टोली गुजरातलाई पराजित गर्दै नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा नेपाल १८ रनले विजयी भएको हो। नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो।

गुजरातका कप्तान उमंग रोहितकुमारले सर्वाधिक ४० रन बनाए। २८ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि साई मेघपन स्पोर्ट्स लाइस वापीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।