Breaking

एकदिवसीय क्रिकेटः आयरल्यान्डको ‘क्लिन स्विप’


काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई ६९ रनले हराएको छ । जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा ‘क्लिन स्विप’ पनि गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ३९.४ ओभरमा अलआउट हुनुअघि दुई सय १५ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले उत्कृष्ट शतकीय पाली खेले । उनले पेभेलियन फर्किनुअघि एक सय दुई रन बनाए । उनले एक सय १८ बलको सामना गरी १४ चौका पनि प्रहार गरेका थिए । त्यसअघि उनले एक सय १४ बलमा आफ्नो शतक पुरा गरेका थिए ।

एकदिवसीय शृंखलासँगै आयरल्यान्ड ‘ए’ को नेपाल भ्रमण पनि सकिएको छ । आयरल्यान्ड ‘ए’ ले नेपालको राष्ट्रिय टोलीसँग दुई टी–२० खेलको शृंखला खेलेको थियो । दुबै खेलमा नेपालको राष्ट्रिय टोली विजयी भएको थियो । त्यसपछि खेलिएको नेपाल ‘ए’ विरुद्धको तीन खेलको टी–२० शृंखलामा आयरल्यान्ड ‘ए’ २(१ ले विजयी भएको थियो ।