Breaking

नेपालको विजयी शुरूआत


नेपालले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गर्दै विजयी शुरूआत गरेको छ। आइतबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको हो।

गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो। नेपालका कप्तान रोहितकुमार पौडेलले अविजित रहँदै सर्वाधिक ३३ रन बनाए। २६ बल खेलेका उनले ३ चौका प्रहार गरे।

यस्तै, अनिलकुमार साहले ३ चौका र १ छक्कासहित ३२ रन बनाए। तेस्रो विकेटका लागि रोहित र अनिलले ६५ रनको साझेदारी गरे।ओपनरद्वय कुशल भुर्तेल १७ र आशिफ शेख १६ रनमा आउट भए। गुजरातका तेजस पटेल र हेमाङ पटेलले १÷१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनाएको हो। गुजरातका रुद्र मयुर पटेलले सर्वाधिक २३ रन बनाए। २२ बल खेलेका उनले ४ चौका प्रहार गरे।