Breaking

त्रिकोणात्मक टी–२० सिरिजः नेपाल र हङकङले बाँढे अंक


त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । हङकङको हङकङको टिन कोङ रिक्रियशन मैदानमा आठौं ओभरको खेल सकिँदा पर्न थालेको पानी नरोकिएपछि रेफ्रिले खेल रद्द गरेका हुन ।


टस जितेर पहिले बलिङ गरेको नेपालले आठौं ओभरसम्म पुग्दा २ विकेट लिएको थियो। आज करण केसीले पहिलो बलमै विकेट लिए। त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्सन झाले हङकङका कप्तान निजाकत खानलाई बोल्ड गरेका थिए ।हङकङले २ विकेटको क्षतिमा ६५ रन बनाएको थियो।

त्यसअघि पाचौं ओभरको खेल चलिरहँदा पनि वर्षाका कारण खेल केहीबेर रोकिएको थियो । खेल रद्द भएसँगै नेपाल र हङकङले एक–एक अंक बाँढेका छन्। नेपालले मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।