Breaking

आईसीसी विश्वकप लिग–२: नेदरल्याण्ड्स विजयी,पराजित नेपालले पहिलो शृंखला टुंगायो


आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल पराजित भएको छ ।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो । कमजोर ब्याटिङ प्रदर्शनलाई नै निरन्तरता दिएको नेपाललाई नेदरल्यान्ड्सले ८ विकेटले पराजित ग¥यो ।

यससँगै, नेपालले पहिलो शृंखला टुंग्याएको छ । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । करण केसीले २६ रन बनाए । त्यस्तै,आरिफ शेखले २२, आसिफ शेख १७, अनिल साह ६, कुशल मल्ल २, रोहित पौडेल १६, गुल्शन झा ५, दिपेन्द्रसिंह ऐरी १ रन बनाउँदै रन आउट भएका हुन् ।।