Breaking

नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज क्यानडा जित्यो


काठमाडौं । नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज क्यानडाले जितेको छ । बिहीबार मुलपानी मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा नेपालको ‘ए’ टिमलाई हराउँदै क्यानडाले सिरिज २–१ ले जितेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको सामान्य लक्ष्य क्यानडाले ३८ दशमलव ४ ओभरमा मात्र ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

निकोलस किर्तनले अविजित ५८ रन बनाएको इनिङ्समा ओपनर आरोन जोनसनले ४२ रनको योगदान गरे । नवनीत धालिवालले ३८ रनको योगदान गरे । नेपालका साहब आलमले ४ तथा शेर मल्ल र बासिर अहमदले समान एक एक विकेट हात पारे । सुरुवातमा ब्याटिङ गरेको नेपाल ४७ ओभरमा अलआउट हुँदै १ सय ८१ रनमा समेटिएको थियो । आशुतोष घिरैयाले २८ रन बनाएको इनिङ्समा अर्जुन कुमालले २७ रनको योगदान दिएका थिए ।

बासिर अहमदले २५ रन बनाउँदा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० र रासिद खान र प्रतिश जिसीले समान १९ रनको योगदान गरे ।क्यानडाका दिलोन हेइलिगर र हर्ष ठाकरले समान दुई दुई विकेट लिएका थिए ।नेपालसँग तीन म्याचको एकदिवसीय खेल्न क्यानडा नेपाल आएको थियो । नेपालको राष्ट्रिय टिमसँग सिरिज क्लिनस्विप गरेको क्यानडाले युवा खेलाडीले भरिएको नेपालको युवा टिमलाई भने हराएको छ ।