Breaking

विश्वकप लिग–२ : नामिबियाको हार, नेपाल शीर्ष स्थानमा उक्लीयो


घरेलु टोली नेपाल आईसीसी विश्वकप लिग–२ को अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

सोमबार भएको खेलमा नामिबिया नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो। नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा तिनै टोलीले एक खेलमा जित र एक खेलमा हार भोगेका छन्।

सिरिजमा तिनै टोलीले समान एक खेलमा जित निकाल्दै २ अंक जोडेपनि नेपाल नेट रनरेटमा अघि रहँदै शीर्ष स्थानमा रहेको हो। नेपालको नेट रनरेट शुन्य दशमलव ९२० रहेको छ। दोस्रो स्थानमा रहेको नामिबियाको भने माइनस शून्य दशमलव २२० छ।

सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले बुधबार नामिबियासँग खेल्नेछ। अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ।