Breaking

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिनस्वीप


काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गरेको हो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको छ । यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।