Breaking

सरकारका कामकारबाहीले गर्दा देश लथालिंग भयो : उपाध्यक्ष पौडेल

योहो संवाददाता

नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभएको छ ।

आज रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता—२०८० को अवसरमा बोल्दै उहाँले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गर्नुभयो । उहाँले राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने दाबी गर्नुभयो । उहाँले सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको बताउनु भयो ।

उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतिपूर्ण परिस्थिति रहेको बताउनु भयो ।