Breaking

आहारारा पोखरा गोल्डकप : उपाधिका लागि आज आर्मी र थ्रीस्टार भिड्दै


आहारारा पोखरा गोल्डकपको २३औं संस्करणको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दैछन् ।
पोखरामा जारी खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ । थ्रीस्टार क्लब सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १–० र विभागीय टिम नेपाल आर्मी सेमिफाइनलमा चर्च ब्वाइजलाई २–१ ले पराजित गरेर उपाधि दौडमा सामेल भएका हुन् ।

आहारारामा यसअघि अन्तिमपटक दुवै टिम २०७५ सालमा सँगै भिडेका थिए । उक्त खेलमा आर्मीलाई ट्राइबे्रकरमा ५–४ ले स्तब्ध पार्दै थ्रीस्टारले उपाधि चुमेको थियो । त्यतिबेला निर्धारित खेल २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । तर त्यसयता दुवै टिम आहाराराको फाइनलसम्म पुग्न सकेका थिएनन् ।

आहारारामा इतिहासमा थ्रीस्टार क्लबभन्दा त्रिभुवन आर्मी अनुभवी टिम मानिन्छ । तर, हालसम्म उपाधि जित्न सकेको छैन । तर, थ्रीस्टार भने कम सहभागितामै बढी उपाधि जित्ने भाग्यमानी टिममध्ये पर्छ । थ्रीस्टार ६ पटक सहभागी हुँदा ५ पटक आहाराराको उपाधि जितिसकेको छ । नेपाल आर्मीको यो १५ औं सहभागिता हो ।

यसअघि ४ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित हुँदै घर फर्किनुपयो । यसपटकको उपाधि जिते दुवैलाई आफ्नो इतिहास बनाउने अवसर छ ।