Breaking

यू–१९ विश्वकप : भारत विरुद्ध गुलशन झाले लिए पहिलो विकेट


विश्वकप यू–१९ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका छन्। उनले भारतीय ओपनर आदर्श सिंहलाई क्याचआउट गराएका हुन्।

सिंह १८ बलमा २१ रन बनाएर खेलिरहेका थिए। ५ ओभरको समाप्तिमा भारत २६ रन बनाएर खेलिरहेको छ । यू–१९ को सुपर सिक्समा पुगेको नेपाल आफ्नो अन्तिम खेल खेल्दैछ । समूह चरणमा एउटा मात्रै खेल जितेको नेपाल अंकविहीन छ । सुपर सिक्समा पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।

नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको छ । भारत भने अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने बलियो सम्भावना छ ।

नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने दाबी नेपाली पक्षको छ । तर, दक्षिण अफ्रिकामा नेपालको ब्याटिङ चल्न सकेको छैन ।