मध्य गाजाको अल–बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीका लागि युएन रिलिफ एण्ड वक्र्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा १२ प्यालेस्टिनीको मृत्यु भएको छ।
आक्रमणमा कैयौँ घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।इजरायली तोपखानाले विस्थापित मानिस बस्ने विद्यालयमा आक्रमण गरेर महिला र बालबालिका सहित १२ प्यालेस्टिनीलाई मारेको मन्त्रालयले जनाएको छ।विद्यालयमा संयुक्त राष्ट्रसंघको झण्डा फहराइएको भए पनि इजरायली सेनाले गाजाका विभिन्न विद्यालयमा आक्रमण गरेको सञ्चार माध्यमहरुले जनाएका छन्।
जारी द्वन्द्वमा ७० भन्दा बढी संस्था र विद्यालय इजरायली आक्रमणमा परेका छन्। यो अवधिमा एजेन्सीका १०४ कर्मचारीको मृत्यु भएको छ।द्वन्द्वले विस्थापित १७ लाख व्यक्तिमध्ये राष्ट्रसंघद्वारा सञ्चालित आश्रयहरूमा विस्थापित व्यक्तिहरूको संख्या ९ लाख पुगेको छ भने लाखौँ सडकमा आश्रयविहीन छन्।


प्रतिक्रिया