Breaking

विश्वकप एएफसी छनोट : आज दोस्रो चरणमा नेपालले यमनबिरुद्ध खेल्दै


काठमाडौं । फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा आज नेपालले यमनबिरुद्ध खेल्दै छ ।

नेपाल विश्वकप छनोटको दोस्रो चरणमा दोस्रो खेल खेल्न लागेको हो । समूह ‘एच’ मा रहेको नेपालले यसअघि संयुक्त अरब इमिरेट्स(युएई) बिरुद्ध ४–० को हारपछि यमनको सामना गर्दैछ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यमनसँग साँझ ७ बजे खेल्नेछ ।

राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले यमनसँगको खेल जित्नैपर्ने दबाबमा रहेको र त्यसका लागि टोली मनोवैज्ञानिक रूपमा तयार रहेको बताएका हुन् । टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अधिकांश नयाँ खेलाडी रहे पनि यमनबिरुद्ध जित निकाल्ने आशा व्यक्त गरेका छन् ।

युएईसँगको खेलपछि टोलीको तयारी राम्रो भएको र पछिल्लो खेलमा भएको गल्ती सुधार गर्दै जित निकाल्ने उनको भनाइ छ ।