Breaking

महिला टी–२० सिरिज : नेपाल ६७ रनले बिजयी


काठमाडौं । समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै नेपाल ६७ रनले विजयी भएको छ। हङकङमा जारी महिला टि–२० आई सिरिज अन्तर्गत निर्धारित ओभरमा नेपालले ११४ रनको लक्ष्य दिएको थियो।

लक्ष्य पछ्याउने क्रममा जापानले निर्धारित ओभरमा ४६ रन बनाउँदै अल आउट भयो । जापानका लागि सेरिका सुमीले १३ रन र मेगा ओगावाले १७ रन बनाइन्। अन्यले दोहोरो रनको अंक बनाउन सकेनन्। नेपालका लागि अस्मिना कर्माचार्यले ४ विकेट, संगिता राईले ३ विकेट र पूजा महतो २ विकेट लिएकी हुन्। टस जितेर जापानले पहिले फिल्डिङ रोजेको थियो।

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपाल र जापान दुबै देश दुई खेलमा पराजित भइसकेका छन्। उनीहरु जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् भने तान्जानिया र हङकङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो। यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित ९ विकेटले पराजित भएको थियो।