संयुक्त राष्ट्रसंघले गाजाको सबैभन्दाठूलो शरणार्थी शिविरमा आक्रमण गरी सर्वसाधारणको मृत्यु भएको भन्दै निन्दा र भत्र्सना गरेको छ ।
संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले वक्तव्यजारी गर्दै गाजाका जनता माथि ज्यादती भएको र युद्धअझ डरलाग्दो चरणमा प्रवेश गरेको बताएकाछन् । युद्धको क्रममा सर्वसाधारण माथि ज्यादती भएपछि चौतर्फी आलोचना भइरहेको छ । युद्ध रोक्न विभिन्न पक्षले गरेको आग्रहलाई इजरायलले अस्वीकार गर्दै आएको छ ।
यसैबीच, इजरायलले गाजाका हमास शासक विरुद्ध लिएको कदमको विरोधमा जोर्डनले राजदूतलाई तत्काल फिर्ता बोलाउने बताएको छ ।
०००
प्रतिक्रिया