Breaking

टी–२० विश्वकप छनोट: नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए


टी–२० विश्वकप क्रिकेट छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी–२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल र सागर ढकाल, भने टिममा अटाएका छैनन् । एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौँको कीर्तिपुर र मुलपानीमा हुनेछ ।

टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछ । नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।