अमेरिकी राष्ट्रपतिजो बाइडेनले हमासविरुद्धको लडाइँमा इजरायललाई साथदिने बताएकाछन् ।
चार घण्टाका लागि इजरायल पुगेका बाइडेनले इजरायल एक्लै नभएको भन्दै अमेरिका साथमा रहेको बताएका हुन् । प्यालेस्टिनी चरमपन्थी समूहहमास विरुद्धको लडाइँमा अमेरिकाले सुरुदेखि नै इजरायललाई साथदिँदै आएको छ । अमेरिकाले हमासलाई प्रतिबन्धसमेत लगाएको छ ।
पछिल्लो पटक हमासले २० असोजमा एक्कासी इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछिका दोहोरो लडाइँमा परी दुवैतर्फ ४ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएकाछन् । बाइडेनले इजरायली समकक्षी वेन्जामिन नेतान्याहुलाई भेटेर इजरायललाई हमास विरुद्ध आत्मरक्षा गर्ने हक रहेको बताएकाछन् ।
बाइडेनले गाजा र वेस्ट बैंकमामानवीय सहायता पु¥याउन सय मिलियन डलर सहयोग घोषणा पनि गरेका छन् ।
प्रतिक्रिया