सेयर बजार

शेयर बजारमा उच्च अङ्कको गिरावट


काठमाडौँ– साताको पहिलो दिन आज आज शेयर बजार उच्च अङ्कले घटेको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितोमा रहेको सीमा बढाएपछिको पहिलो कारोबार दिन आज बजार बढ्ने धेरैको अनुमानकाबीच नेप्से उच्च अङ्कले घटेको हो । नेप्से ३५ आज दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव २४ विन्दुमा पुगेको छ । आज दुई सय ८९ वटा कम्पनीको ५८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ८० करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।