Breaking

३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन संकलन सुरु


काठमाडौँ – राहदानी विभागले आज असोज १ गतेदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ । त्यसैले अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले जनाएको छ ।

३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो ।

सरकारले साधारण सेवाग्राहीका लागि ३४ पृष्ठ र ६६ पृष्ठका गरी दुई प्रकारका राहदानी वितरण गर्दै आएको छ । ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको १० हजार रुपैयाँ लिने गरिएको थियो ।

३४ पृष्ठको। राहदानी वितरण रोकिएपछि २०८० असार ३ गतेदेखि ६६ पृष्ठको लागि पनि ३४ पृष्ठको सरह ५ हजार रुपैयाँ दस्तुर लिन सुरु गरेको थियो ।