सेयर बजार

सेयर बजारमा दोहोरो अंकको वृद्धि


काठमाडौं– सबै उपसूचक हरियो भएका दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार १७.६९ अंकले बढेको बजार २०१५.९८ विन्दुमा पुगेर रोकियो । यो ०.८८ प्रतिशतको वृद्धि हो ।

मंगलबार सबै उपसूचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै वित्त उपसूचक ९२.२१ प्रतिशतका लगानीकर्ताले कमाएका छन् । मंगलबार २७७ धितोपत्रको ३४ हजार ५०८ वटा कारोबार हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँको सेयर किनबेच भएको छ ।