देश

पाँच लाख ऋण तिर्न नसक्दा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कार

???????????????????????? ?????????????????? ?????????????????? ???????????????????????? ?????????????????? ??????????????? ?????????????????? ???????????????????????? ?????????????????? ??? ??????????????? ??????????????? ???????????? ???????????? ?????????????????? ???????????????????????? ????????????????????? ???????????????????????? ????????? ??? ????????? ???????????????????????????, ??????????????????, ??????????????? ?????? ???????????? ??????????????????????????? ???????????? ????????????????????? ???????????????????????? ???????????? ???????????? ???

योहो संवाददाता

काठमाडौँ — ६ महिनाअघिको एउटा चिसो रात सपना (नाम परिवर्तन) को जिन्दगीको सबैभन्दा लामो रात बन्यो । उनी विछ्यौनमा त पसिन् तर निदाउन सकिनन् । मन बेचैन थियो । आँखा बन्द हुन मानेका थिएनन् । भर्खर ३४ वर्ष पुगेकी उनलाई लाग्यो यो रात उनको जिन्दगीको अन्तिम रात हो ।

विगत चार वर्षदेखि उनले जे भोगिरहेकी थिइन्, अब थप सहन सकिन्न भन्ने ठाउँमा उनी पुगिन् ।

यो गत वर्ष पुषको कुरा हो । चिसो रातमा उनले ओढेको कम्बलले कुनै न्यानो दिन सकेन । शरीरभन्दा धेरै मन कठ्याङ्ग्रिएको थियो। काठमाडौं उपत्यका हिउँदको चिसो तुँवालोले ढाकेको थियो । झिसमिसे उज्यालोमै चिसोले ठिहिर्‍याएका उनका पाइलाहरू अन्जान गन्तव्यतिर अघि बढे । यी पाइलाले कता लाँदैछन्रु सपनाले निर्क्यौल गर्न सकेकी थिइनन् । ललितपुरको कुनै गाउँबाट अगाडि बढेका सपनाका पाइला चोभारको मन्जुश्री गल्छीमा पुगेर टक्क रोकिए ।

चोभारको यही गल्छीबाट बाग्मतीको पानीले उपत्यकाबाट निकास पाउँछ । सपनाले सोचिन्, अब उनको जिन्दगीले पनि यहीँबाट निकास पाउँछ। बाग्मतीमाथिको डिलमा उभिएर एकपटक विगत सम्झिइन् । भर्खरै स्कुल सकेकी छोरी सम्झिइन् । अरू प्रीयजन सम्झिइन् । तर, केहीले पनि उनलाई रोक्न सकेन ।

बाटोमा उनको फोन बजिरहेको थियो। पहिले त उनले फोन हेर्दा पनि हेरिनन्। तर, तारन्तार बजिरहेपछि उनले फोन हेरिन्। फोन दिदीले गरेकी थिइन् ।

फोन उठाउँदा सपनालाई लागेको हुनुपर्छ, उनी दिदीसँग अन्तिमपल्ट कुरा गर्दैछिन्। ‘तिमी कहाँ छौ रु’ दिदीले सोधिन् ।

‘यतै छु,’ झर्को मान्दै उनले जवाफ फर्काइन् ।

‘मिटरब्याजको समस्या ठिक गर्ने मान्छेको नम्बर पठाईदिन्छु फोन गर है,’ दिदीबाट उनले यस्तो सन्देशको अपेक्षा गरेकी थिइनन् । उनले आश मारिसकेकी थिइन्। केही नभिनकन फोन राखिन् । एकैछिनमा दिदीको म्यासेज आयो। उनले म्यासेजबक्स खोलेर हेरिन्। त्यहाँ एउटा मोबाइल नम्बर थियो, अनि नाम लेखिएको थियो (बसन्त जैशी) । फोन गरौं कि नगरौं रु उनले तत्काल कुनै निर्णय गर्न सकिनन् । आफ्नै पाइलाले ठेल्दै-ठैल्दै उनलाई चोभारको गल्छीमा पु�