Breaking

देशका अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने


काठमाडौं– देशका अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने र तराईमा लू चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। यस्तै, बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश लगायत गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू(भागका एकरदुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी बिहीबार राती देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको एकरदुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।