विदेश

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति


काठमाडौँ – अमेरिकी प्रविधि व्यवसायी एलन मस्क पुनः विश्वकै धनी व्यक्ति बनेका छन् ।

फ्रान्सका अर्नाल्ट ग्रुपका बर्नाड अर्नाल्टको एभीएमएचको शेयरमा २ दशमलव ६ प्रतिशतले गिरावट आएपछि टेस्ला इन्कका मुख्य कार्यकारी मस्क पहिलो धनी व्यक्तिको सूचीमा उक्लिएका हुन् । यसअघि मस्क विश्वका दोस्रो धनी व्यक्ति थिए ।

सन् २०२१ सेप्टेम्बर २१ मा अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै मस्क पहिलोपटक विश्वको धनी व्यक्ति बनेका थिए । टेस्ला, स्पेसएक्स र ट्विटरलगायतका सञ्चालक मस्कको उक्त पहिलो धनी व्यक्तिको ताज २०२२ डिसेम्बरमा अर्नाल्टले मस्कलाई उछिनेका थिए ।

तर ५ महिनामै उक्त विरासत मस्कले पुनः फर्काएका हुन् । २ महिनामा १ अर्ब ९८ करोड अमेरिकी डलर वृद्धि भई मस्कको कुल सम्पत्ति १ खर्ब ९२ अर्ब अमेरिकी डलर पुगेको छ ।

अर्नाल्टको सम्पत्ति ५ अर्ब २५ करोड डलर घटेर १ अर्ब ८७ अर्बमा सीमित भएको छ । विश्वको धनी व्यक्तिको सूचीमा तेस्रोमा जेफ बेजोस, चौथोमा बिल गेट्स, पाँचौँमा लेरी एलिसन र छैटौँमा स्टेभ बलमेर छन् । यसैगरी सातौँमा वारेन बफेट, आठौँमा लेरी पेज र ९औँ नम्बरमा सर्जे ब्रिन रहेकोमा १०औँ धनी व्यक्ति मार्क जुकरवर्ग बनेका छन् ।