Breaking

दर्ता भयो ‘यात्री’ मोटरसाइकल


काठमाडौँ – सरकारी निकायले दर्ता नगरिदिएर तनावमा परेका स्वदेशी मोटरसाइकल ‘यात्री’ अन्तत: कानुनी रूपमा दर्ता भएको छ ।

यात्री डिजाइन स्टुडियो प्रालि नामले कम्पनी दर्ता भएको हो । यात्रीले ३ वर्षअघि आफ्नो उत्पादन सार्वजनिक गरेको थियो । एक वर्षअघि नै आफ्नो उत्पादन डेलिभर गरे पनि कानुनी जटिलताका कारण बजार विस्तार हुन सकेको थिएन ।

उक्त समाचार सार्वजनिक भएपछि सर्वसाधरणले सरकारलाई यातायातत व्यवस्था कार्यविधि संशोधनका लागि दबाब दिएका थिए । गत वैशाखमा यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी दर्ताको बाटो खुलेको हो ।

यात्रीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् मोटरसाइकल दर्ता भएको जानकारी गराएको छ । यात्रीले आफ्नो स्पेसियल सिरिजको यात्री पी-१ मोटरसाइकल दर्ता भएको बताएको छ ।

गत वैशाख १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यात्री निर्माण टिमलाई भेटेका थिए । भेटपछि उनले विभागलाई ‘यात्री’ मोटरसाइकल दर्ताका लागि कानुन बनाउन निर्देशन दिएका छन् ।