Breaking

नेपाल टेलिकममा समस्या, फोन सम्पर्क गर्न कठिना


काठमाडौँ – नेपाल टेलिकमको नेटवर्कमा फेरि पनि समस्या आउँदा फोन सम्पर्कमा कठिनाइ भएको छ ।

नेपाल टेलिकमका प्राविधिकहरूले समस्या समाधानको प्रयास जारी राखेका छन् । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भोल्टई (VOLTE) मा समस्या देखिएको बताए । ‘टुजी, थ्रीजी, फोरजीमा समस्या छैन तर भोल्टईको कोरमा केही समस्या देखिंदा फोन नलाग्ने समस्या देखिएको छ, हामी समाधानको प्रयास गरिरहेका छौं,’ अधिकारीले भने ।

मोबाइलमा भोल्टई चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको अधिकारीको भनाइ छ । बिहानैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।

नेपाल टेलिकमको सेवामा पटक(पटक समस्या आउने गरेको छ । यसबाट लाखौं सेवाग्राही मर्कामा परेका छन् । टेलिकमको नेतृत्वले समस्याको दीर्घकालीन समाधानमा चासो नदिएको आरोपसमेत लाग्ने गरेको छ ।