Breaking

अफगानिस्तानमा ठूलो भूकम्प, भारत र पाकिस्तानमा समेत धक्का


काठमाडौँ – अफगानिस्तानको फैजाबाद केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएको छ । मौसम विज्ञान केन्द्र, जयपुरले ६.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको बीबीसीले जनाएको छ ।

भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको छ । दिल्ली, राजस्थान र जम्मू कश्मीरमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिमी यूपीका धेरै जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

जयपुर, सिकर, करौलीलगायत राजस्थानका धेरै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ । पाकिस्तानको मौसम विभागले पनि भूकम्प गएको पुष्टि गरेको छ । पाकिस्तानको मौसम विभागले भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अफगानिस्तानको जुर्ममा गएको भूकम्पको म्याग्निच्युड ६ दशमलव ५ मापन गरिएको छ ।

इन्टरनेशनल ह्युमन राइट्स फाउन्डेसनले भूकम्पका बेला शान्त रहन आग्रह गरेको छ । बीबीसी