समाचार

इक्वेडरमा ६.८ म्याग्नेच्युटको भूकम्प, कम्तिमा १५ जनाको मृत्यु


काठमाडौँ – दक्षिण इक्वेडर र पेरुको उत्तरी भूभागमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार शनिबार राति १० बजेर ५७ मिनेटमा इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट ५० माइल पर केन्द्रविन्दू बनाइ भूकम्प गएको हो । सबैभन्दा बढी क्षति दक्षिणी प्रान्त एल‌रोमा भएको ग्रार्जियनले लेखेको छ ।

भूकम्पले सवारीसाधन र भवनमा क्षति पुगेको छ । भूकम्पपछि आएको पहिरोका कारण त्यहाँका सडक अवरुद्ध भएका छन् ।

धेरै भूकम्प गइरहने मुलुकका रुपमा रहेको इक्वेडरमा सन् २०१६ पछि गएको यो सबैभन्दा ठूलो भूकम्प हो । त्यसबेला इक्वेडरमा ७‍.८ म्याग्नेच्युट भूकम्प गएको थियो ।