Breaking

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प


काठमाडौँ – टर्कीमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ ।

सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ ।

शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगे त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् । भूकम्पबाट केही भवनहरु भत्किएपनि मानवीय क्षति भएरनभएकोबारे विवरणहरु आइसकेको छैन ।