Breaking

मेस्सीलाई ‘गार्ड अफ अनर’


काठमाडौँ – विश्व विजेता अर्जेन्टिना कप्तान लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गार्ड अफ अनर प्रदान गरेको छ ।

विश्वकपपछि पहिलो पटक मेस्सीले हिजोदेखि प्रशिक्षणमा फर्किएका छन् । विश्वकपको फाइनलपछि १७ दिनको छुट्टी मनाएर मेस्सी क्लबमा हाजिर भए ।

गार्ड अफ अनर खेलकुदको विशिष्ट सम्मान मानिन्छ । घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा खेलाडीहरुले उभिएर मेस्सीलाई सम्मान प्रकट गरेका थिए भने खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरे ।

कीर्तिमानी ७ पटकका बालोन डिओर विजेता मेस्सीको कप्तानीमा अर्जेन्टिनाले डिसेम्बर १८ मा फ्रान्सलाई पराजित गर्दै विश्वकप जितेको थियो । पीएसजीकै सहकर्मी खेलाडी तथा फ्रेन्च फर्वाड किलियन एम्बाप्पे भने समारोहमा अनुपस्थित थिए ।

सन् २०२१ मा बार्सिलोनाबाट फ्रि एजेन्टमा फ्रान्स पुगेका मेस्सीले कम्तिमा २०२३–२४ सिजन पीएसजीमा खेल्ने योजना बनाएका छन् ।