देश

नेप्सेमा लगातार गिरावट


काठमाडौँ— नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार तेस्रो दिन गिरावट आएको छ । मंगलबारदेखि घट्न थालेको नेप्से परिसूचक आज बिहीबार पनि घटेर बन्द भएको हो ।

मंगलबार नेप्से परिसूचक २।५७ अंकले घटेको थियो । त्यसयता हिजो बुधबार नेप्से परिसूचक ३९ अंकले घटेको थियो । जुन, आज बिहीबार २६।५२ अंकले घटेको हो । यससँगै परिसूचक १८ सय ९३ अंकमा आइपुगेको छ ।

यस्तै, आज सेन्सेटिभ समूह समेत ४।१७ अंकले घटेर ३७२ अंकमा आइपुगेको छ । आज नेप्सेमा १ अर्ब ११ करोड ९४ लाख रूपैयाँ बराबरको ३१ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ । हिजो बुधबार १ अर्ब ४० करोड बराबरको ३६ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको थियो ।

बजार दोहोरो अंकले घटेको दिन नेप्सेमा अप्पर हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरैले गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य करिब ७ प्रतिशतले घटेर प्रतिकित्ता ३६४ रूपैयाँमा आइपुगेको छ ।