Breaking

कांग्रेस–एमालेको सत्ता चढ्ने हतियारमै सिमित मधेशवादी दल, मधेशका मुद्धा अलपत्र पर्ने खतरा


काठमाडौँ — मधेशवादीदलमा देखिएको फुट,केन्द्रका नेताहरुको सत्तालिप्सा र ठुला दलले खेलेको खेलले यो पटक मधेशमा भाडभैलोको अवस्थासिर्जना भएको छ । आफूलाई मदेशको नयाँशक्तीका रुपमाउभ्याउने बताउनेहरु अहिले नै विरासतथाम्ननसक्ने अवस्थाले चुनावपछि मधेशको डाडुपन्यु ठुला दलको हातमापुग्ने देखिन्छ ।

जसले मधेशमा देखिएको सरकारको स्थायित्वमा समेत धक्कालाग्ने देखिएको छ । केन्द्रको राजनीतिमाआएको फेरवदलले देश तरंगितहुदै गर्दा स्थायी सरकारको सपना बाढेका तत्कालिन नेकपाको एक धार सडकमा थियो । सर्वोच्च पूर्ववत रुपमै एमाले र माओवादीबनाईदिएपछि एमाले पनिदुई टुक्रा भयो भने सत्ताबाट हातधुने स्थितीमा पुग्यो । केन्द्र हुदै प्रदेशका सवै सरकारबाट एमाले बाहिरियो । अर्थात केन्द्रको अस्थिर राजनितिको बाछिटामा प्रदेशहरु पनि परे ।

जसबाटमधेश प्रदेश भने बाच्यो । यो प्रदेशले के कतिकामगर्यो त्यो फरक वहसको विषयभएपनिपाँचवर्षसम्मचलेको सरकार मधेश र सुदुरपश्चिममात्र बनेको छ । देश संघियतामा गईसकेपछि पनि केन्द्रीकृत मानसिकता नहट्दा देखिएको समस्या विरुद्ध लड्ने एकमात्रप्रदेश पनिमदेश नै थियो ।

अधिकार दिनकन्जुञ्जाई गर्ने संघिय सरकारविरुद्ध मुद्धा हाल्ने देखि परिवर्तित राजनितिक परिस्थितीमापनि स्थायी सरकार दिने मदेश प्रदेशमाआगामीनिर्वाचनपछि भने अन्यप्रदेशकै हालत दोहोरिने पक्काभएको छ ।२०७४ सालको चुनावमाप्रतिनिधिसभाकामदेशवादीदलहरुले १९ सिटमा जितहातपारेका थिए ।मधेस प्रदेशमाफोरमले २९ र राजपाले २५ सिट जितेर संयुक्त सरकार नै बनाए । मुख्यमन्त्रीफोरमले र सभामुख राजपाले लिए ।

त्यसयताको पाँचवर्षको उथलपुथलकाबीच जुटफुटमा गुज्रँदै तीदुई दलअहिले जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रूपमाछन् र दुवै दलदुई कित्तामापुगेका छन । यहिवीचमदेशमा सवैभन्दा वढि स्वतन्त्रउमेद्वारी परेको छ भने डेढ दशकअघिको मधेस आन्दोलनको जगमाउदाएकाजसपा र लोसपाआगामीनिर्वाचनमाप्रतिनिधिसभातर्फका चार क्षेत्रमाआमनेसामने हुँदै छन ।

अर्कातर्फ आफूलाई मदेशको नयाँशक्तीको रुपमाव्याख्यागर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टी पनियहिप्रतिस्पर्धामामिसिएको छ । जसले भाई फुटे गवार लुटेको उखानमदेश प्रदेशमाचरितार्थ भएको छ । आगामीनिर्वाचनमाएमालेको साथमाजसपाचुनावी मैदानमाहोमिएको छ भने लोसपा सत्ता गठबन्धनमा मिसिएको छ ।विगतमा फुट्दा हार्ने र जुट्दा एकछत्र शासनगर्ने अवस्थाबारे जानकार उनीहरुअहिले ठुला दलका राजनितिकहतियारमासिमित बनेका छन ।

२०६३ सालमाजारी भएको अन्तरिम संविधानप्रति असन्तुष्टि राखेर तत्कालीनमधेसी जनअधिकार फोरमकाअध्यक्षउपेन्द्र यादवले थालेको आन्दोलनको रापतापमामधेसमानयाँशक्तिको उदयभएको थियो । सोहि आन्दोलनकै क्रममामहन्थ ठाकुरको नेतृत्वमामधेसमाअर्को दल तराई मधेस लोकतान्त्रिक पार्टी भएको थियो ।०६४ माभएको पहिलो संविधानसभानिर्वाचनमाफोरमले ५४ र तमलोपाले २१ सिट जितेका थिए ।

तर दोस्रो संविधान सभानिर्वाचनसम्मपुग्दा१६ वटा भएकामदेशवादीदलले जम्मा १२ सिट जितेको ईतिहासले समेत यसलाई उनीहरुको आगामीनिर्वाचनमामदेशवादीदलको अवस्थापूर्वानुमागर्न सकिने अवस्था बनेको छ । यहि परिस्थितीमाकांग्रेस विरासतफर्काउने सम्भावनाको खोजिमा छ । महन्थ ठाकुर नेतृत्वको लोसर्पाले अहिले संघीय संसद्मा ८ र प्रदेशसभामा १६ वटा सिटमा मात्रउमेदवारी दिएको छ ।जुनमधेशमा भाडभैलोअवस्थाको प्रस्थानविन्दु बन्ने विश्लेषण सुरु भएको छ ।

मदेशवादीदलमा देखिएको सत्तालिप्सा र नयाँदलप्रति पूर्ण विश्वासको अभावका कारण आगामीनिर्वाचनमामदेशमाकांग्रेस नै हावीहुने धेरैको विश्लेषण छ । जसले मधेशीदलको अस्तित्वमा संकट त आउछ नै केन्द्र र ६ ओटा प्रदेशमा देखिएको खिचडी यस प्रदेशमापनिपाक्ने देखिन्छ । जसले अपनशासनअपनप्रशासनको मुद्धा नारामै सिमितभएको छ भने मदेशका मुद्धा अलपत्र पर्ने अवस्थासिर्जना भएको छ ।