Breaking

राजनीतिले गाँजेको खेल क्षेत्र, वास्तै छैन फुटबलको


काठमाडौँ — साफ महिला च्याम्पियनसिपमा भारतको दबाब तोडिएसँगै नयाँ राष्ट्र बंगलादेश नयाँ च्याम्पियन बन्यो । छैठौ पटक फाइनलमा उपाधिका लागि प्रतिष्पर्धा गरेको नेपाल छैटौ पटक नै उपविजेतामा खुम्चिन बाध्य भयो । नयाँ शक्तिको रुपमा बंगलादेश उदाउँदा नेपालको स्तरलाई कसरी नियाल्ने त ? घरेलु मैदानमा दोस्रोपटक अवसर पाएको नेपाली महिला टोलीलाई सोमवार साफ महिला फुटबलको उपाधि उचाल्ने सुनौलो मौका थियो ।

सधैको विजेता भारतमाथिको जितपछि उपाधि नजिक पुगेको नेपालले नयाँ प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्नु थियो । टोली उच्च मनोबलमा पनि थियो । किनकी अघिल्ला संस्करणका भेटमा नतिजा नेपालमो पक्षमा थियो । बंगलादेशमाथि जितको अपेक्षासहित १६ हजार दर्शक अगाडि खेलेको नेपालले सो नतिजालाई फाइनलमा भने निरन्तरता दिन सकेन । बंगलादेशले समूह चरणका खेलबाट नै उदाउँदो शक्तिको संकेत दिएको थियो ।

तर नेपाली टोलीको अवस्थामा भने शंका गर्ने अनेकौ पाटा रहे । फाइनलमा पराजित भएपछि नेपाली टोलीकी कप्तान एन्जिाल तुम्बापो सुब्बा अनुभवको कमीको कारण हार्न पुगेको स्किार्छिन । कप्तान एन्जिालाले भनेजस्तै नेपाली महिला टोलीका लागि अनुभव लिने घरेलु प्रतियोगिता बिरलै मात्र हुन्छन् । नाम मात्रको राष्ट्रिय लिग आयोजना गर्ने अखिल नेपाल फुटबल संघले अन्य प्रतियोगिता आयोजना गर्न सकेको छैन ।

पुरुष प्रतियोगिता मोफसलमा आयोजना भएपनि महिला प्रतियोगिता हुँदैन भन्दा फरक पर्दैन । प्रतियोगिता आयोजना हुने भन्दा केही महिना अघि मात्र महिला खेलाडीलाई डाकेर बन्द प्रशिक्षणमा राख्ने एन्फाको पुरानै चलन हो । महिला फुटबल विकास भएको ४० वर्षको इतिहास भएपनि सुधारका लागि कुनै प्रयास भइरहेको छैन । अघिल्लो वर्ष बल्लतल्ल डबल लिग शुरुवात भएपनि विभागीय टोली बाहेक अन्य टोलीले प्रतिष्पर्धात्मक खेल देखाउन सकेनन् ।

फुटबल विश्लेषक सञ्जीव मिश्रले महिला फुटबलको विकास संस्थागत गर्न लागि घरेलु फुटबल लिग र प्रतियोगिता धेरैभन्दा धेरै आयोजना गर्नुपर्ने बताउँछन् । नेपाली टोलीमा अर्को समस्या भनेको प्रतियोगिता लक्षित गरेर प्रशिक्षक नियुक्त गरिनु पनि हो । केही महिना अगाडि मात्र प्रशिक्षक नियुक्त गर्दा अपेक्षा अनुसार नतिजा ननिस्किएको कतिपयको विश्लेषण छ । साथै दीर्घकालिन योजना नहुँदा महिला टोलीको मेहनत अपर्याप्त भएको हो ।

सोमवार नेपालबिरुद्ध बंगलादेशले निकालेको सफलता त्यसै हासिल गरेको होइन । उसले यसका लागि लामो समयदेखि मेहनत, लगानी, दीर्घकालिन योजना, आदिको उपज हुन् ।बंगलादेशले जसरी फुटबलमा लगानी गरेको छ, सोही अनुसार नेपालमा पनि लगानी र ग्रासरुटबाट उकास्ने योजनाको आवश्यक छ ।

तर बिडम्बना नेपालको हालत ठीक विपरीत छ । फुटबलको अभिभावक संस्थामा कुर्चीका लागि प्रतिष्पर्धा भइरहँदा फुटबल विकासका नारा ओझेलमा परेको सबैमा सर्वविदितै छ । नयाँ शक्ति उदाउँदा एन्फा नेतृत्वलाई महिला फुटबलको विकासका लागि योजना सोच्नैपर्ने अवस्था टड्कारो भएको छ ।