समाचार

सुनको मूल्य घट्यो


काठमाडौँ — भदौ महिनाको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मुल्य ५ सयले घटेको छ ।

मंगलबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, तेजबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर कारोबार भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार १२० रुपैयाँमा कारोबार भएको थियो ।