अर्थनीति

घट्यो सुनको मुल्य, चाँदीको बढ्यो


काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मुल्यमा सामान्य गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनचाँदीको भाउ प्रतितोला दुईसय रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि ९३ हजार ५ सय रुपैयाँमा झरेको छ ।

 चाँदीको भाउ भने बुधबार प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ ।