प्रवास

संयुक्त राष्ट्रसंघद्वारा आणविक हतियार रहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह


काठमाडौँ – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियार रहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । विश्व आणविक हतियार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गुटर्रेसले सो कुरा बताएका हुन् । उनले आणविक हतियारहरू विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा जोड दिए । महासचिव गुटर्रेसले यो हतियार मानवता विरुद्धको र घातक भएकोले विश्वबाट नै उन्मूलन हुनुपर्नेमा जोड दिएकाहुन् ।

तर अहिले पनि आणविक हतियारहरू विश्वमा चुनौतीका रुपमा रहेको उनको भनाइ छ । उनले गएको एक दशकयता विश्वबाट नै आणविक हतियारहरू घट्दो रुपमा रहेको पाइएको भएपनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको उनले बताए ।

तर यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको उनले बताए । त्यसैले यी सबै हतियारहरू विश्वबाट नै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसंघ समक्ष रहेको उनको भनाई थियो ।