राजनीति

‘२२/२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैन’


काठमाडौँ – मन्त्रिपरिषद्ले अझै केही दिन पूर्णता पाउन नसक्ने संकेत देखिएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तारको विषयमा भदौ २२/२३ गतेसम्ममा कसैले पनि केही नबोल्ने बताएका हुन् ।
बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले समसामयिक विषयमा छलफल भएको र मन्त्रिपरिषद् विस्तारको विषयमा अहिले नै कोही पनि नबोल्ने बताएका हुन् । उनले भने ‘२२/२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैन ।’

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा जुटेपनि मन्त्रालय भागबण्डा मिल्न सकेको छैन । नेपालले आज नै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता गरेका थिए ।