समाचार

कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि, होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था


काठमाडौँ – कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।


यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो । कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् । यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परीक्षा सञ्चालन हुने भएको हो ।