अर्थनीति

पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १६ देखि



काठमाडौँ –पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला यही भदौ १६ देखि काठमाडौंमा हुने भएको छ ।

महिला उद्यमी महासङ्घको आयोजनामा ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ आगामी भदौ १६ देखि २१ गतेसम्म उक्त मेला आयोजना हुन लागेको हो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि देखिएको कोभिड सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट मेला आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष रीता सिंहले जानकारी दिए ।

महिला उद्यमीलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाहरुको प्रदर्शनी, प्रवद्र्घन, बजारीकरण र बिक्रीका लागि एक साझा स्थल सृजना गर्ने, अनलाइन बजारीकरणका लागि महिला उद्यमीलाई प्रोत्साहन गर्ने, सरोकारवाला तथा महिला उद्यमीबीच सम्बन्धको स्थापना र सञ्जालीकरण निर्माणका लागि प्रोत्साहन गर्ने उक्त मेलाको उद्देश्य रहेको छ ।