विदेश

कंगोमा १९ जनाको जलाएर हत्या


काठमाडौँ – अफ्रिकी मुलुक कंगोको उत्तरी किवु प्रान्तमा पर्ने कासानजी गाउँमा युगाण्डाका विद्रोहीहरुले १९ जनालाई जलाएर हत्या गरिएको छ । घटना घटेको एक दिनपछि शनिबार जलेको शवसहित नजिकैको जंगलमा फेला परेको स्थानीयले जनाएको छ ।

अधिकारीहरुलाई उद्धृत गर्दै बेनी क्षेत्रमा अवस्थीत कासानजी गाउँमा युगान्डाका विद्रोहीहरुले आक्रमण गरेको थियो । सो आक्रमणमा उनीहरु हराएको थिए ।

कासानजी क्षेत्रमा आईएससँग आबद्ध लडाकु समूहले हिंसात्मक गतिबिधिलाई तीब्र बनाउँदै लगेको छ । राष्ट्रपति फेलिक्स सिसेकदीले आपतकालीन सुरक्षा उपायहरु अपनाए पनि विद्रोहीहरुले घातक आक्रमणलाई बढाईरहेको अलजजीराले जनाएको छ ।