विदेश

तालिवानले सत्ता कब्जामा लिएसँगै अफगानिस्तानमा हिंसात्मक गतिविधि चुलियो


काठमाडौँ – अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेको करिब दुई हप्ता पुरा भयो । यसबीचमा तालिवानले सरकार गठनको प्रक्रिया समेत सुरु गरेको छ । तर राजधानी काबुलसँगै अन्य क्षेत्रमा समेत हिंसात्मक गतिविधि बढ्दा अफगान जनताले थप असुरक्षित महशुस गर्न थालेका छन् । विहिबार काबुल विमानस्थलमा भएको आत्मघाती बम विस्फोटले त्यहाँको राजनीतिक तथा कुटनीतिक वृत्तमा अझ अन्यौल्ता थपिएको छ ।

तालिवानले अफगानिस्तान कब्जा गरेको १२ दिन पुरा भएको छ । त्यस यता दक्षिण एसिया साथै विश्वका शतिm राष्ट्रहरुको समेत ध्यान काबुल केन्द्रित छ । अतिवादी समूहका रुपमा रहेको तालीवानहरुको सत्ता संरचना र सञ्चालनका विषयलाई लिएर उनीहरुको प्रत्येक गतिविधिहरुलाई बडो चासोपूर्ण ढंगले नियाली रहेका छन । १२ दिनको यो अवधिमा तालिवानले केही मन्त्री नियुतm गरेका छन भने केहि निकायहरुमा आफ्ना मान्छे नियुतm गरेका छन ।

तालिवानले औपचारिक रुपमा सरकार सञ्चालनको प्रक्रिया अघि सारेको देखिन्छ । तर हिंसात्मक घटना जारी रहँदा उनीहरुको सत्तारोहण त्यति सहज हुने देखिँदैन । विहिबार अफगानिस्तानको राजधानी काबुल बिमानस्थल बाहिर भएको आत्मघाती बम बिस्फोटको घटनाले थप संकट पैदा गर्ने निश्चित छ । घटनाको आलोचना गर्दै अमेरिकी राष्ट्रपति जो वाइडनले यस घटनाको बदला लिने र आतंकवादीसँग नडराउने प्रतिक्रिया दिएका छन । राष्ट्रपति वाइडेनको यो प्रतिक्रियाले अफ्गान अमेरिका सम्बन्ध र अबको अमेरिकी रणनीति बारे सर्वत्र चासो बढेको छ ।
काबुल कब्जा हुन वित्तिकै राष्ट्रपति असरफ घानीले देश छोडेर भागे । हिंसात्मक घटना बढ्ने संकेत देखेपछि विभिन्न मुलुकका कुटनीतिक नियोगहरु फिर्ता भईसकेका छन । अन्य मुलुकका नागरिकहरुको उद्धार कार्य जारी छ । दुई दशक बढी आफ्नो निगरानीमा सरकार सञ्चालन गरेको अमेरिकाले ३१ अगष्टसम्ममा आफ्नो सेना फिर्ता बोलाउने निर्णयको कार्यन्वयन हुन नपाउँदै अफगान सरकारले तालिवान समूहसँग आत्मसमर्पण गर्यो ।

अमेरिकाले अब कसरी अफ्गानिस्तानबाट आफ्ना नागरिक स्वदेश ल्याउछ र अफ्गानलाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ भन्ने विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तालिवानी समूहले विगतमा गरेको गल्तीबाट पाठ सिक्दै सत्ता संरचना र सञ्चालनमा केहि उद्धारता र लचकता अपनाउने धेरैले अनुमान गरिरहेका छन् । तर तत्काल जारी हिंसाले गर्दा आफ्ना नागरिकसहित विश्वको नजर उनीहरुप्रति सकारात्मक हुन सकेको छैन ।