विदेश

बोलिभियाकी पूर्वराष्ट्रपति अनेजद्वारा आत्महत्या प्रयास


काठमाडौँ – जेलमा रहेकी बोलिभियाकी पूर्वराष्ट्रपति जिनिन अनेजले आत्महत्याको प्रयास गरेकी छन् । कू र नरसंहार गरेको आरोपमा गिरफ्तार भएकी अनेजले शनिबार आफ्नो बायाँ नाडीमा काटेको बताइएको छ ।

‘डाक्टरले उनको बायाँ नाडीमा तीन ठाउँमा काटिएको फेला पारे,’ अनेजकी वकिलले भनेकी छन् । अहिले उनको स्थिति सामान्य भएको गृहमन्त्री एडुवार्डो डेल क्यास्टिलोले बताए ।

सन् २०१९ मा पूर्वराष्ट्रपति एभो मोरालेसको सरकारलाई अपदस्थ गरी अनेज राष्ट्रपति बनेकी थिइन् । त्यसपछि आन्दोलनमा चरम दमन गरेको, गैरन्यायिक हत्या गरेकोलगायताका आरोप उनीमाथि छ । एजेन्सी