राजनीति

वामदेव गौतमले भने, म एमालेमै छु


काठमाडौँ – नेता वामदेव गौतमले आफू नेकपा एमालेमै रहेको बताएका छन् । एमालेबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा नेता गौतम पनि आबद्ध भएको भन्ने प्रचार भएपछि उनको सचिवालयले त्यो झुटो भएको बताएको हो ।

‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन,’ गौतमका स्वकीय सचिव दीपक टमटाले आइतबार बिहान जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा एमालेको नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो ।

तसर्थ अन्य खाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।’