देश

ग्लोकल टिन हिरो नेपालका अन्तिम ६ प्रतिष्पर्धी


काठमाडौँ – वाईवाई ग्लोकल टिन हिरो २०२१ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरका किशोर किशोरीहरूबाट परेको कुल ६११ आवेदनबाट अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।

अनुराग चापागाईं, दीपक सुतिहार, खुस्बु भण्डारी, नेहा गुरुङ, प्राञ्जल चालिसे र सभ्या राई वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ मा पर्न सफल भएका हुन् ।

‘वाईवाई ग्लोकल टिन हिरो नेपालको यो सातौं संस्करणले किशोर किशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, वाताबरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । किशोर किशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने उद्देश्य कार्यक्रमले लिएको छ ।

यस वर्ष १ सेप्टेम्बर २०२१ मा अनलाइन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाईवाई ग्लोकल टिन हिरो नेपाल विजेताको नाम घोषणा गरिने आयोजकले जनाएको छ । अन्तिम ६ प्रतिस्पर्धीको कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुने र २०२१ को बिजेता घोषणा गरिने आयोजकले जनाएको छ ।