देश

आठ वर्षदेखि फरार रहेका प्रतिवादी प्रहरीको फन्दामा


काठमाडौँ – पर्सामा ८ वर्षदेखि लागुऔषध चरेस मुद्दाका फरार प्रतिपादीलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । छिपहरमाई गाउँपालिका १ बस्ने ५१ वर्षीय रामेश्वर महतो आफ्नै घरको शौचालय पछाडि परालमा लुकाएर राखिएको १८ किलो चरेस बरामद मुद्दामा फरार भएका थिए ।

प्रहरीले ०७० जेठ २६ देखि फरार रहेका महतोसहित अन्य पाँच फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको टोलीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीहरु पर्साका सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने ३५ वर्षीय अनिल सहनी, सोही गाउँपालिकाका ४० वर्षीय किशोर सहनी र ५० वर्षीय भरत सहनीलाई पक्राउ गरेको हो ।

त्यस्तै चरेस मुद्दाका फरार प्रतिवादी पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीय शेखर महतोलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।