विदेश

अमेरिकाले अफगानस्तानको नेतृत्व तालिवानलाई सुम्पियो : आईएस


काठमाडौँ – आफूलाई इस्लामिक स्टेट (आईएस) ले अमेरिकाले अफगानस्तानको नेतृत्व तालिवानलाई सुम्पेको प्रतिक्रिया दिएको छ । आईएसले अफगानिस्तानमा तालिबानले कुनै जित हासिल नगरी अमेरिकाले उक्त देशको नेतृत्व तालिबानलाई सुम्पिएको जिकिर गरेको हो ।

कट्टरपन्थी संगठनले बताउने आईएसले इस्लामिक स्टेटले आफ्नो साप्ताहिक पत्रिका अल–नबाको अगस्ट १९ को सम्पादकीयमा अफगानिस्तानको पछिल्लो घटनाक्रमलाई ‘सौदाबाजी’को जित भनी टिप्पणी गरेको छ । यो ‘जिहाद’को जित नभएको आईएसको भनाइ छ । आईएसले ‘नयाँ तालिबान’लाई ‘इस्लामको नकाब पहिरिएको बहुरूपी’को संज्ञा दिँदै आफूहरूको उपस्थिति अन्त्य गर्नको लागि अमेरिकाले उनीहरूलाई प्रयोग गरिरहेको जिकिर गरेको छ ।

इस्लामिक स्टेटका समर्थकले तालिबानले अमेरिकाको गलत कामलाई अन्जाम दिइरहेको अरोप लगाउँदै आएका छन् । अफगानिस्तानमा इस्लामिक स्टेटको उपस्थिति कमजोर बनाउन तालिबानको अहम् भूमिका रहेको छ ।