समाचार

आफूहरुले भनेको नमाने एमालेमा ठूलो विद्रोह हुने घनश्याम भुषालको चेतावनी


काठमाडौँ – नेकपा एमाले मिलाउन प्रयासरत एमालेका तेस्रो धारका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न मानेनन् भने ओलीको पक्षमा कोही पनि नेता नरहने बताएका छन् । एमालेका उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीले आफूहरुले भनेको नमाने अहिलेसम्मकै ठुलो विद्रोह गर्ने पनि बताएका छन् ।

नेता भुसालले भने “ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्न मानेनन् भने झन् ठुलो विद्रोह हुन्छ, यो लागू नगरे ओलीसँग को मान्छे रहन्छ ?” ।

तेस्रो धारका नेताहरुलेले अध्यक्षलाई दश बुँदे सहमति कार्यान्वयन गर्न चार दिनको अल्टिमेटम दिएका छन् । तर ५७ नेताहरूले दिएको अल्टिमेटमलाई अध्यक्ष ओलीले अस्वीकार गरिदिएका छन् ।

ओलीले आसार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन नगरे आउँदो बुधवारसम्म भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्यलगायत ५७ जना केन्द्रीय कमिटी सदस्यले आफ्नो दल रोज्न स्वतन्त्र हुनेछन् । यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल दर्ता गर्न निवेदन दिइसकेका छन् । निवेदनमा साविक एमालेका तर्फबाट ५८ केन्द्रीय सदस्य छन् ।